Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

हाम्रो कोशी आवाज
असोज २० २०८२, सोमबार
बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ६० पुग्यो

धरानः गत शुक्रवार र शनिवार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको छ ।जसमा १९ पुरुष, २६ महिला र १५ नाबालक रहेका प्रहरीले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति: असोज २० २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend