Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा माकुने समातिए, बाँसमा बाँधेको अवस्थामा १६८ केजी गाँजा भेटियो

हाम्रो कोशी आवाज
असार ८ २०८३, सोमबार
धरानमा माकुने समातिए, बाँसमा बाँधेको अवस्थामा १६८ केजी गाँजा भेटियो

धरानः
धरानमा लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी छ ।
धरान उपमहानगरपालिका वडा नं.–१३ देवीमार्गमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सुइँको पाएको प्रहरीले स्थानीय ३२ वर्षीय माकुने भन्ने राजकुमार तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
चेकजाँच गर्दा माकुनेको साथबाट लागूऔषध ब्राउनसुगर्र १.२० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं. १ सत्र नम्बरमा कोशी नदीको किनारमा ट्युबमाथि बाँसमा बाँधिराखेको अवस्थामा ९ वटा प्लाष्टिकको बोरामा लागूऔषध गाँजा १६८ केजी फेला परेकोको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्तरुपमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने सो गाँजा भेटेको हो ।
गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरुको खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ८ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend