धरानः श्रीमतीको हत्या गरी एक व्यक्ति आफैं प्रहरी कार्यालय पुगेका छन् ।
उदयपुरको चौदण्डीगढी–२ डाँडागाउँ का ५८ वर्षीय गन्दुराम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै श्रीमतीको हत्या गरी प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।
राईले ४५ वर्षीया श्रीमती बिमला राईलाई धारिलो हतियार (सिकल) ले गर्दनमा प्रहार गरेका थिए । उनको उपचारका क्रममा आइतबार बिहानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिकल प्रहारबाट गम्भीर घाइते भएकी बिमलाको उपचारको क्रममा आइतबार बिहान १ः१५ बजे नगर अस्पताल बेल्टारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई धारिलो हतियार प्रहार गरी राति साढे १२ बजे बजेतिर उनी आफैं अस्थायी प्रहरी पोष्ट माडीमा पुगेर प्रहरीलाई जानकारी दिएका थिए ।
श्रीमतीको हत्या स्वीकार गरेका उनी सामान्य अवस्थामा देखिएको प्रहरीले जनाएको छ । उनको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको प्रहरीले जनाएको छ । उनले हत्या किन र के कारणले गरेको भन्ने प्रहरीलाई भनिसकेका छैनन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।