Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी लोकमार्ग किनारमा बेसार खेती थालियो

हाम्रो कोशी आवाज
असोज ४ २०८३, आइतबार
कोशी लोकमार्ग किनारमा बेसार खेती थालियो

धरानः स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले सडक किनारका खाली जग्गामा बेसार खेती थालेको छ ।
बेसार खेतीसँगै सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने लक्ष्यअनुरुप कोशी राजमार्गअन्तर्गत नगरपालिकाको सरस्वती चोक–सल्लेरी खण्डमा बेसार खेती गरिएको छ ।
नगरभित्रका विभिन्न भित्री सडक किनारमा पनि बेसार रोपिएको नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए। हालसम्म सात रोपनीमा बेसार खेती गरिएको उनले बताए ।
बाँदर आतङ्कबाट किसान प्रभावित किसान पनि बेसार खेतीतर्फ नै आकर्षित भएका छन् । बेसार खेतीका लागि नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिकिलो रु १०० का दरले १०० किलो बेसारको बीउ खरिद गरेको थियो । उत्पादन भएको बेसारको बीउ खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वन समूहलाई वितरण गरिने उनले जानकारी दिए । रासस

प्रकाशित मिति: असोज ४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend