Hamro Koshi Aawaj

बुधबार, मंसिर २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब पाँच लाख अग्रिम र मासिक ११ हजार तिरेर नयाँ घर पाइने !

हाम्रो कोशी आवाज
असोज १७ २०८३, शनिबार
अब पाँच लाख अग्रिम र मासिक ११ हजार तिरेर नयाँ घर पाइने !

घर बनाउनेलाई सरकारले काठ, ढुङ्गा–बालुवा निःशुल्क दिनेः ७५ हजार अनुदान र ऋण पनि पाइने

धरानः पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ ।
भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा प्रत्येक नागरिक र उनका परिवारका निम्ति आवास सुनिश्चित गर्ने उद्देश्यले विभिन्न व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । विधेयकमा निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी तथा मध्यम आय भएका परिवारका निम्ति सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ । गोठ निर्माणका निम्ति निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको छ ।
विपद् प्रभावित, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ ।
नयाँ भवन ऐन तथा नियमावलीमा मध्यम आय भएका नागरिकका निम्ति सुरक्षित, भूकम्प प्रतिरोधात्मक तथा आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ । २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने यस्ता घरको प्लिन्थ क्षेत्रफल ९०० देखि एक हजार ३०० वर्गफिटसम्म हुने प्रस्ताव गरिएको छ ।
नागरिकले सहुलियतपूर्ण ऋणमार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रारम्भिक रूपमा पाँच लाख अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ ।
१० लाख अग्रिम भुक्तानीमा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्प समेत प्रस्ताव गरिएको छ ।
निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका निम्ति सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै हरेक नेपाली नागरिकको आवासको अधिकार कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: असोज १७ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • रूपको आकर्षण क्षणिक

    तोमनाथ उप्रेती, उपसचिव, नेपाल सरकार मानव सभ्यताको इतिहासमा सौन्दर्यप्रतिको आकर्षण सधैँ शक्तिशाली मानवीय प्रवृत्तिका रूपमा रहेको छ। प्रकृतिको अनुपम दृश्य, शरीरको आकर्षण, कलाको सौन्दर्य, संगीतको...

    • १६ घण्टा अगाडी
    • १० मिनेट पाठ
  • अब युवायुवतीबीच सहमतिमा हुने यौन सम्बन्धलाई जबरजस्ती करणी नमानिने

    धरानः सरकारले किशोरकिशोरीबीच आपसी सहमतिमा हुने यौन सम्बन्धलाई जबरजस्ती करणीको कसुरबाट फरक ढंगले सम्बोधन गर्ने गरी कानुन संशोधनको प्रस्ताव तयार पारेको छ । कानुन, न्याय...

    • २ दिन अगाडी
    • ४ मिनेट पाठ
  • अनुपम उत्सव छठ पर्वको महिमा

    ‘केरवा जे फरल घउरस, ओपर सुगा मडराय, मारबौ रे सुगवा धनुषस, सुगा गिरे मुरझाय’ । छठ पर्वको यो लोकप्रिय लोकगीत यतिबेला मिथिलाञ्चलका गाउँसहरमा गुञ्जिरहेको छ । छठीमातालाई चढाइने...

    • ४ दिन अगाडी
    • ८ मिनेट पाठ
  • फागुनमै स्थानीय तहको निर्वाचनको तयारी

    धरानः आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको निर्वाचन आयोगले जनाएको छ । यसअघि ३० वैशाख ०७९ मा स्थानीय तहको निर्वाचन भएको...

    • ५ दिन अगाडी
    • २ मिनेट पाठ
  • १२ करोड १३ लाख गैरकानुनी लाभ लिएको आरोपमा नवीनकिशोर शर्मा समातिए

    धरानः दूग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानी पुरयाई गैरकानुनी लाभ लिएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरान, इटहरी, बराहक्षेत्रका युवा एकसाथ लागूऔषधसहित समातिए

    धरानः धरानका एक युवा लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् । धरान–१ का २५ वर्षीय अमर दर्जी ५.३४ ब्राउन सुगरसहित पक्राउ परेका...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend