हाल विश्वभरि नै ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारासहित नयाँ अभियान शुरु भएको छ । यस कार्यमा चेतनाको वृद्विदर पनि बढिरहेको देखिन्छ । चाहे त्यो खाने कुरोमा होस्, वा पिउने कुरोमा होस्, वा शरीर ढाक्ने कपडा अथवा भनौं मानिसहरुले आफूले लगाउने लत्ताकपडा, जुत्ताचप्पल, पैसा बोक्ने ब्याग, बाहिरफेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरूले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेशा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (घर बुना) आदि लगाउने प्रचलन शुरु भएको छ । यो क्रम बढ्दै गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ अब फेरि मानिसहरू आधुधिक जमानाको नाममा आपूm खुशी जथाभावी गर्नेभन्दा पनि फेरि प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् ।
यसरी हाल विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरुले आपूmले लगाउने लत्ताकपडा, जुत्ताचप्पल, पैसा बोक्ने ब्याग, बाहिरफेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने प्रचलन शुरु भएको छ । यो क्रम बढ्दै गएको छ भनी माथि नै उल्लेख भएको छ । त्यसैले यहाँ अरु कुरो (अल्लो, सस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (आदि) लाई छाडेर ‘नेपाली ढाका कपडा’ बारे केही लेख्ने जमर्को गरिएको छ ।
यसरीे हेर्दा ‘तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’ आदिबारे हामीले धेरै अघिदेखि सुन्दै आएको र केही हदसम्म यिनै नामहरुले नेपाल लगायत विश्व बजारमा नेपाली ढाका कपडाले बजार पिटेको भए तापनि हाते तान बुन्ने काम मानव सभ्यताको विकाससँगै विश्वभरि नै आदिवासी जनजातिहरुमा विकास भएको मानिन्छ । त्यसमा पनि हाम्रो देश नेपालको सन्दर्भमा भन्नु पर्दा विशेषतः कुलुङ (कूलू), लिम्बू (याक्थुङबा), सुनुवार (कोईँच) लगायत किरातीहरुको उत्पत्ति कथा, लोक कथा (मिथक) मै हाते तान बुन्ने गरेको लोककथा छ ।
हुन पनि आधुनिक भनिएको जमानाले गाउँघरलाई असर नपार्दासम्म हाम्रो गाउँघरमा घरघरै एकदुई वटा हाते तान हुन्थे । तर, नेपाल लगायत विश्व बजारमा आजभन्दा ३५–३६ वर्ष अघिदेखि ढाका कपडाको मामलामा तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’ को नाम सुनिन्थ्यो । यो सत्य हो । तर, आज तेह्रथुमे ढाका’, ‘पाल्पाली ढाका’ को नाम सँगसँगै आज आएर बजारमा अनेक नाममा ढाका कपडाको उद्योग–व्यवसाय सञ्चालनमा छन्, उनीहरु झन अघि बढेर विश्व बजार पिट्दैछन् । अझ खासमा भन्ने हो भने, पाल्पाली ढाका त आजभोलि ओझेल परेझैँ लाग्छ । किनभने, पाल्पाली ढाकाको नाम आजभोलि ढाका कपडा बजारमा अलि कम सुनिन्छ ।
जस्तै ढाका कपडा र ढाकाजन्य उत्पादनको सम्बन्धमा भन्नु पर्दा पाँचथर जिल्लाको थर्पु गाऊँकी कल्पना योङहाङ लिम्बुलाई उदाहरणको रुपमा लिन सकिन्छ । उनी हालको अवस्थामा नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनको बजारमा राम्रैसँग छाइरहेकी छिन् । हुन पनि कल्पना योङहाङ लिम्बु पछिल्लो समय नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनलाई विश्व बजारमा पुर्याउनका लागि लागी परेकी छिन् । यसरी हेर्दा पछिल्लो पटक कल्पना योङहाङ लिम्बू ढाका कपडा र ढाकाजन्य उत्पादनमा राम्रैसँग छाई रहेकी छिन्, उनी ढाका र ढाकाजन्य उत्पादन लिएर विश्व बजारमा विस्तारै उदाई रहेकी छिन् । यसरी हेर्दा कल्पना ढाका कपडा र ढाकाजन्य उत्पादन लिएर विश्व बजार पिट्ने एक सफल उद्योगीका रूपमा स्थापित हुने सम्भावना देखिन्छ ।
स्मरणीय छ, उनले विसं २०६२–०६३ देखि महिलाहरूले सञ्चालन गरेको सहकारीबाट १५,००० (पन्ध्र्र हजार) रुपैयाँ ऋण लिएर ढाका कपडा बुन्न (लिम्बु भाषामा ‘थाक थाक्मा’ भनिन्छ ।) सुरु गरेकी थिइन भने, विसं २०६४ मा घरेलु तथा साना उद्योगमा गएर ‘द हाईल्यान्ड आर्ट’ नामक संस्था दर्ता गरेर संस्थागत रुपमै ढाका कपडा र ढाकाजन्य उत्पानमा लागिन् ।
(स्मरण रहोस्, यसअघि २०७७ जेठ १७ गते गोरखापत्र दैनिकको ‘शनिबारीय परिशिष्टांक’ मा ‘तेह्रथुमे ढाका’ शीर्षकको यो पंक्तिकारको फिचर, लेखमा, कल्पना योङहाङ लिम्बूलाई तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङ बजारमा ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागिन् भन्ने भनाइलाई सच्याउँदै र भूल सुधार गर्दै आगामी दिनमा त्यस्तो नहुने भनी यसै लेखमार्पmत् प्रतिबद्धता व्यक्त गर्दछु ।)
हाल उनले काठमाण्डौ गोकर्णमा ढाका कपडा र ढाकाजन्य उद्योग सञ्चालन गरी रहेकी छिन् । जहाँ लगभग २०० जना मानिसहरुले नियमित रोजगार पाइरहेका छन् । नेपाली ढाका र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि कल्पना लागी परेकी छिन् । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’ कै मातहतमा रहने गरी ‘कल्पना ढाका बुटिक’ नामक फेसबुक पेज पनि खोलेकी छिन् ।
त्यही फेसबुक पेजबाटै उनी ढाका कपडा र ढाकाजन्य उत्पादनको बजार व्यवस्थापनमा लागेकी छिन् । त्यसो त ११–१२ वर्षको छोटो अवधिमै ढाका र ढाकाजन्य उत्पादनलाई प्रचार, प्रसार र बजार व्यवस्थापन गर्नका लागि कल्पनाले विश्वका ३५ वटाभन्दा बढी देश घुमी सकेकी छिन् ।
अहिले ढाकाजन्य उत्पादन अन्तर्गत केके उत्पादन हुन्छ ? भनी प्रश्न गर्दा कल्पना भन्छिन् ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, स्कर्ट, मिनी स्कर्ट, ओभर कोट, सल, इस्टकोट, मेख्ली, कोट, ज्याकेट, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमान तयार हुन्छ ।’ सबैलाई थाहा भएकै कुरो हो कि, अहिले विश्वलाई नै कोरोनाले आक्रान्त पारेको छ । अहिले नेपालमा लकडाउन लागू भएको अवस्था छ । तर, यो लकडाउनको समयमा पनि ढाकाको उत्पादन गर्ने (बुन्ने) काम र अनलाइनमार्पmत विभिन्न देशबाट अर्डर लिने, आउने क्रम जारी छ भन्छिन्, ‘कल्पना योङहाङ लिम्बु ।’ आगामी दिनमा कल्पनाको मात्रै नभएर समग्र नेपालकै ढाका कपडा र ढाकाजन्य उत्पादनले उन्नति र प्रगति हँुदै जाओस्, शुभकामना छ ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com


