Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

८ उपायले पनि नियन्त्रण हुन्छ उच्च रक्तचाप

हाम्रो कोशी आवाज
असार १६ २०७७, मंगलबार
८ उपायले पनि नियन्त्रण हुन्छ उच्च रक्तचाप

उच्च रक्तचाप भएका बिरामी तथा हामी सबैले उच्च रक्तचापको समस्याबाट बच्न यी उपायहरु अपनाउन सक्छौं ।
शारीरिक व्यायाम गर्ने
दिनको कम्तिमा आधा घण्टादेखि ४५ मिनेटसम्म पसिना आउने गरी शारीरिक कसरत गर्ने ।
चिल्लो र बोसोयुक्त खानेकुरा धेरै नखाने
घरमै बसेर धेरै परिश्रम गर्न नपर्नेहरुले धेरै चिल्लो र बोसोयुक्त खानेकुरा नखाने ।
सागपात र फाइबरयुक्त खानेकुरा खाने
सागपात र फाइबर बढी हुने खानेकुरा जस्तैं गेडागुडी, गाँजर, सलाद आदि खाने ।
नुन कम खाने
खानामा नुन कम खाने बानी पनि उच्च रक्तचापबाट जोगिने एउटा उपाय हो ।
धुम्रपान र रक्सी सेवन नगर्ने
घर बसेको बेला सकेसम्म धुम्रपान र रक्सी सेवन नगर्ने ।
योग, ध्यान गर्ने
दिनको केहि समय योग र ध्यानमा छुट्टाएर नियमपूर्वक गर्ने ।
आफुले खाइरहेको औषधि नियमित खाने
उच्च रक्तचाप, मधुमेह तथा कुनै दीर्घ रोगको औषधि आफुले लामो समयदेखि खाइरहेको भएमा त्यसलाई सेवन गरिरहने ।
मानसिक स्वास्थ्यलाई ध्यान दिने
सामाजिक संजाल र मोबाइल, कम्प्युटर धेरै नहेर्ने, परिवारसँग समय बिताउने ।

प्रकाशित मिति: असार १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend