धरानः फेरि पनि प्रदेश १ मा गोर्खा सैनिकको भत्ता रोकिएको भन्दै विरोध भएको छ ।
प्रदेश १ का सांसदमध्ये विष्णु तुम्वाहाम्फे, राजन राईले यो विषयमा आवाज उठाइन् । संघीय लोकतान्त्रिक मञ्चकी सांसद् तुम्वाहाम्फेले भुतपूर्व गोर्खा सैनिकले पाउँदै आएको भत्ता रोक्दै नरोक्न आग्रह गरिन् ।
सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले भूपू गोर्खा सैनिकको योगदान नबिर्सिन आग्रह गरिन् । नेकपा सांसद राजन राईले पनि निर्णय फिर्ता लिन माग गरे ।
नेपाल सरकारको गृह मन्त्रीस्तरीय निर्णयबाट यही असार १७ गते पूर्व गोर्खा सैनिक, सिंगापुर प्रहरीका अवकाशप्राप्त ज्येष्ठ नागरिकलाई दोहोरो सुविधा नपाउने बताउँदै भत्ता बन्द गर्ने निर्णय गरेको थियो । त्यो निर्णयपछि कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत भइसकेको छ । यस निर्णयबाट बेलायती, भारतीय र सिंगापुर प्रहरीबाट अवकाशप्राप्त लाखौं भूतपूर्व सैनिक र उनीहरुका परिवार प्रभावित हुने जनाइएको छ ।