Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोरले चिनियाँ ठेकेदारको गाडी बगाएर थाङथिलो बनायो, दुईवटा पुल समेत बगायो

हाम्रो कोशी आवाज
साउन ६ २०७७, मंगलबार
तमोरले चिनियाँ ठेकेदारको गाडी बगाएर थाङथिलो बनायो, दुईवटा पुल समेत बगायो

ताप्लेजुङः अविरल वर्षाले तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा चिनियाँ ठेकेदादाको गाडी सँगै दुईवटा पुल बगाएको छ ।
टिप्ताला भन्ज्याङदेखि सदरमुकाम फुङलिङसम्म सडक निर्माणका क्रममा चिनियाँ ठेकेदारले सो गाडीमा एक्स्काभेटरलगायत सामग्री ल्याएका थिए । तर सडक अवरुद्ध भएपछि गाडी त्यहीँ छाडेर चिनियाँ ठेकेदादाको चीनमा गएका थिए । बाढीले बगाएपछि गाडी कामै नदिने अवस्थामा अर्थात थाङथिलो अवस्थामा पुगेको फक्ताङलुङ गाउँपालिका ७ का वडा अध्यक्षले जानकारी दिए ।
सो पक्की पुल गत वर्ष मात्रै १२ लाख रुपैयाँमा बनाइएको थियो । मिक्वाखोला–५ पापुङ जाने काठको पुल भने दुई वर्षअघि २ लाख रुपैयाँमा बनाइएको वडा कार्यालयका कर्मचारी तेन्जिङ वालुङले बताए । तमोरको उद्गमस्थलमा पोखरी फुटेर बाढी आएको अनुमान गरिएको वडाध्यक्ष शेर्पाले बताए । उनका अनुसार पानी पर्ने क्रम नरोकिएको र बाढी पनि नघटेकाले स्थानीय बाहिर निस्किएका छैनन् ।
फोटो सौजन्यः स्तेन्जिङ वालुङ

प्रकाशित मिति: साउन ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend