बिर्तामोडः झापामा पहिरोले पुर्दा एकजनाको ज्यान गएको छ ।
झापाको बुद्धशान्ति–७ मोदीडाँडामा यो घटना भएको हो । पहिरोले घर पुर्दा १५ वर्षीय विवेक दर्नालको ज्यान गएको हो । अन्य तीनजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार राति करिब साढे १० बजे सोही गाउँपालिकाका तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाहुना लाग्न पुगेका दर्नालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । घाइतेलाई स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरेको वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए । पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ ।