Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब ११ र १२ को परीक्षा ‘एसएलसीई’

हाम्रो कोशी आवाज
साउन ९ २०७७, शुक्रबार
अब ११ र १२ को परीक्षा ‘एसएलसीई’

धरानः कक्षा ११ र १२ को परीक्षाको नाम एसएलसीई राखिएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा कक्षा ११ र १२ को परीक्षाको नाम एसएलसीई राखिएको हो ।
कार्यविधि राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको छ । ‘परीक्षा भन्नाले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ‘एसएलसीई’ अन्तर्गत कक्षा ११ को परीक्षा सम्झनुपर्छ,’ कार्यविधिमा भनिएको छ ।
विद्यालयबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कार्यविधिमा केही अधिकार बोर्डमा निहीत गरिएको छ । बोर्डले परीक्षाको बारेमा चित्त नबुझेमा अनुसन्धान र अनुगमन गर्ने अधिकार राखेको छ ।
विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख छ । बोर्डले तोकेको मामदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: साउन ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend