Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा एकैदिन १९ प्रहरीसहित २२ जनामा कोरोना

हाम्रो कोशी आवाज
साउन ११ २०७७, आइतबार
विराटनगरमा एकैदिन १९ प्रहरीसहित २२ जनामा कोरोना

विराटनगरः विराटनगरमा एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१९ जना प्रहरी र तीन सर्वसाधरणसहित विराटनगरमा २२ जनामा संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरस्थित कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा १९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएको मध्ये २ जना महिला प्रहरी र १७ जना पुरूष प्रहरीमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।
यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो । आइतबार संक्रमण देखिएका मध्ये विराटनगरका मात्र २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार इलाममा ९ जनालाई संक्रमण देखिएको छ । आइतबारसम्म ३१ नयाँ थपिएसँग प्रदेश १ मा संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।

प्रकाशित मिति: साउन ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend