Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा धरानकी नर्ससहित अन्य तीनजना नर्समा कोरोना

हाम्रो कोशी आवाज
साउन १२ २०७७, सोमबार
विराटनगरमा धरानकी नर्ससहित अन्य तीनजना नर्समा कोरोना

विराटनगरः कोरोना भाइरसबाट संक्रमित भएका विराटनगर अस्पतालका डाक्टरको सम्पर्कमा आएका थप चारजनामा संक्रमण पुष्टि भएको छ ।
गएको मंगलबार संक्रमण पुष्टि भएका ६५ वर्षीय डाक्टरको सम्पर्कमा आएका चारजनाको रिपोर्ट पनि पोजेटिभ आएको हो । कार्यरत चारजना नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित स्वास्थ्यकर्मी विराटनगर ५, १० नम्बर वडाका हुन् भने एकजना धरान घर भएकी छिन् । अर्का एकजना कोशी अस्पतालकी रहेको पाइएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
गएको मंगलबार अस्पतालका ६५ वर्षीय चिकित्सकमा पहिलोपटक संक्रमणको पुष्टि भएको थियो । संक्रमण थाहा पाएपछि उनी सम्पर्कविहीन भएका थिए । झण्डै ३८ घण्टापछि महानगरको सम्पर्कमा आएका उनी शुक्रबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । एक रात बीपीमा भर्ना भएका उनी शनिबार काठमाडौँको शिक्षण अस्पतालमा भर्ना भएका छन् । महानगरले विराटनगर अस्पतालमा आवतजावत रोक्ने गरी शिलबन्दी गरेको छ ।

प्रकाशित मिति: साउन १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend