Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९४४ पुग्यो

हाम्रो कोशी आवाज
साउन १२ २०७७, सोमबार
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९४४ पुग्यो

विराटनगरः प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९४४ पुगेको छ । सोमबार २३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ४४ जना पुगेको हो ।
विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत चार जना स्वास्थ्यकर्मी, रतुवाइमाई नगरपालिकामा ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण देखिएका भारतबाट केही दिन अगाडि आएका हुन् । उनीहरू भारतबाट आएपछि रतुवामाइ नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका पुरूष हुन् ।
गत साउन ९ गते रतुवामाइ नगरपालिका १ सरस्वती मावि र सिजुवा माविमा बनाएको क्वारन्टिन र होम क्वारेन्टिनमा बसेका ३८ जनाको स्वाब संलकन गरेर प्रदेशको जनस्वास्थ्य ल्याबमा परीक्षण गर्न पठाएको रतुवामाइ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख सन्तोष साहले जानकारी दिए ।
मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: साउन १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend