Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ सरकारद्वारा बहुभाषिक पाठशालालाई शिक्षक

हाम्रो कोशी आवाज
साउन १३ २०७७, मंगलबार
प्रदेश १ सरकारद्वारा बहुभाषिक पाठशालालाई शिक्षक

धरानः इलाम जिल्लाअन्तर्गत चुलाचुली गाउँपालिका–१ मा अवस्थित फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा स्थापित र सञ्चालित बहुभाषिक पाठशालाका लागि स्वयंसेवक शिक्षक नियुक्ति गरिएको छ ।
प्रदेश १ सरकारको सहयोग साथै प्रदेश उपसभामुख सरस्वती पोख्रेलको समन्वय र सहयोगमा सो पाठशालामा स्वयसेवक शिक्षकको रुपमा चुलाचुली गाँउपालिका वडा नं. १ कमल निवासी ललिता नेम्वाङलाई नियुक्ति गरिएको हो ।
राष्ट्रिय विभुति महागुरु फल्गुनन्द र लाफयङ गुरु देवबहादुर तुम्वापोको सम्मान र स्मृतिमा स्थापित फल्गुनन्द लाफयङ बहुभाषिक पाठशाला स्थापना वि.सं. २०७२ सालमा भएको हो । बहुभाषिक, बहु धार्मिक समाजमा विद्यमान विभिन्न जातजातिका भाषा, धर्म्, संस्कार–संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले स्थापित सो पाठशालाको तत्कालीन संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उद्घाटन गरेका थिए ।
त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सो फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोस्रो वार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको थियो । फल्गुनन्द नोमाङ्गेना सेवा संघका संस्थापक अध्यक्ष डम्वरकुमार तुम्वापोले हाल राज्यले विभिन्न जाति समुदायको भाषा, संस्कार, संस्कृतिलाई संरक्षण गर्दै अघि जाने नीति लिएकाले कालान्तरमा यस्ता बहुभाषिक पाठशालाले धेरै महत्व राख्ने बताए । कार्यक्रममा संस्थाका पदाधिकारिहरुका साथै सत्यहाङ्मा सेवा संघका केन्द्रीय अध्यक्ष साथै मुन्धुमविद ज्ञानोदय लाओतीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: साउन १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend