Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको बेनीतालमा माछा मार्ने क्रममा डुबेका चौधरी मृत भेटिए

हाम्रो कोशी आवाज
साउन १३ २०७७, मंगलबार
सुनसरीको बेनीतालमा माछा मार्ने क्रममा डुबेका चौधरी मृत भेटिए

सुनसरीः सुनसरीको बराहनगरपालिका–४ का ५० वर्षीय सीताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
रामधुनी नगरपालिका–६ मा रहेको शंकर बेलीतालमा जाल हानी माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेका चौधरीको मृत भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको तथा अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: साउन १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend