Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवामा कोरोना संक्रमण तीब्रः डब्लुएचओ

हाम्रो कोशी आवाज
साउन १५ २०७७, बिहिबार
युवामा कोरोना संक्रमण तीब्रः डब्लुएचओ

धरानः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण युवा वर्गमा बढ्दै गएको बताएको छ ।
युरोपका लागि डब्लूएचओका निर्देशक डाक्टर ह्यास्न क्लुजले स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमण युवामा बढी देखिने थालेको बताएका हुन् ।
डाक्टर ह्यान्सले भने, ‘अब महामारीसम्बन्धी तथ्यांक अलि फरक देखिएको छ । अहिल्यै नै यसको पुष्टि गर्ने पर्याप्त प्रमाण त प्राप्त भइसकेको छैन तर हामीलाई प्रशासन र स्वास्थ्य अधिकारीबाट जुन रिपोर्ट प्राप्त भइरहेका छन्, त्यसअनुसार अहिले बढिरहेको कोरोना संक्रमितमा युवा बढी देखिएका छन् ।’
यससँग सम्बन्धित आँकडाबारेको प्रश्नमा उनले केही उदाहरण दिए ः
–जुन महिनाको मध्येमा स्विडेनमा ४९ वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण तीव्र देखिएको थियो, अहिले भने युवामा संक्रमण हुने क्रम केही घटेको छ । तर अहिले पनि एक लाख संक्रमितमा २० देखि २९ वर्षसम्मका व्यक्ति छन् ।
–यस्तै आयरल्यान्डमा जुलाई २८ तारिखसम्म जति जनलाई कोरोना पुष्टि भयो, तीमध्ये ६० प्रतिशत संक्रमित ४५ वर्षभन्दा कम उमेरका छन् ।
–डाक्टर ह्यान्स क्लुज भन्छन्, ‘इजरायलमा कोरोना संक्रमण अहिले स्कुलमा तीव्र गतिमा फैलिरहेको छ। ताजा तथ्यांकअनुसार त्यहाँ कूल संक्रमितमध्ये पाँच भागमा एक भाग १० वर्षदेखि १९ वर्षसम्मका छन् भने अर्काे पाँच भागमा एक भाग २० देखि २९ वर्षसम्मका छन् । –बीबीसीबाट

प्रकाशित मिति: साउन १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend