Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी अस्पताल पुग्नेबित्तिकै मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ

हाम्रो कोशी आवाज
साउन २० २०७७, मंगलबार
कोशी अस्पताल पुग्नेबित्तिकै मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ

विराटनगरः विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना भाइरसको संक्रमण आशंका गरिएका उदयपुर बेलका नगरपालिका १ का ५५ वर्षीय पुरुषको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार उनमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, रिंगटा लाग्नेसहितका समस्या देखिएको थियो । सोही कारण उनमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंका गरिएको थियो । मृतकका आफन्तले उनमा जन्डिस देखिएको बताएका छन् । अस्पताल पुग्नसाथ उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति: साउन २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend