Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा १०६२ जना संक्रमित, थप चार जना संक्रमित थपिए

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
विराटनगरमा १०६२ जना संक्रमित, थप चार जना संक्रमित थपिए

विराटनगरः विराटनगरमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । यसै गरी अर्का संक्रमित विराट नर्सिङ होममा कार्यरत कर्मचारीको आमा भएको बताइएको छ । उनलाई छोराबाट संक्रमण भएको हुनसक्ने भन्दै थप कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गर्ने तयारी भइरहेको वडाध्यक्ष आचार्यले बताए ।
बुधबार बिहानको रिपोर्टमा २२, २७, ५६ वर्षीया महिला र ५२ वर्षीय पुरुषमा संक्रमण भएको हो । हालसम्म महानगरपालिकामा संक्रमित संख्या १ सय ६२ पुगेको बताए । जसमध्ये ३१ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
लकडाउनलाई पूर्णरुपमा पालना गर्न र अनावश्यक हिँडडुल नगर्न विराटनगरबासीलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend