Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापाको कमलमा श्रीमानको हात्तीले लखेटेर मारेको अवस्थामा शव फेला, श्रीमती र नातिनीले भागेर ज्यान जोगाए

हाम्रो कोशी आवाज
साउन २३ २०७७, शुक्रबार
झापाको कमलमा श्रीमानको हात्तीले लखेटेर मारेको अवस्थामा शव फेला, श्रीमती र नातिनीले भागेर ज्यान जोगाए

सांकेतिक तस्वीर ।

बिर्तामोडः झापाको कमल गाउँपालिका–५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहित रेग्मीको मृत्यु भएको छ ।
बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुरयाएको र निज भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भवनबाबु खड्काका अनुसार राति करिब २ बजेतिर नजिकैको रतुवा माई जंगलबाट आएका दुई हात्तीले घरभित्र सुतिरहेको बेला रेग्मीलाई आक्रमण गरेको हो । उनी परिवारसहित बस्दै आएका थिए ।
छाप्रामा एक्कासी हात्तीले आक्रमण गरेपछि ज्यान बचाउन भागेका रेग्मीलाई हात्तीले लखेटेर मारेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । रेग्मीका श्रीमती र नातिनीले भने भागेर ज्यान जोगाएक छन् ।
सशस्त्र प्रहरीको जग्गामा छाप्रो बनाएर बसोबास गर्दै आएका रेग्मीलाई छाप्रोबाट केही पर हात्तीले कुल्चिएर मारेको पाइएको छ । रेग्मीलाई आत्रमण गर्ने हात्तीलाई राति नै स्थानीयवासीले जंगलतर्फ धपाएका कमल–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए ।

प्रकाशित मिति: साउन २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend