यसअघि इलामको कन्यामको चिया बारीमा रमाउँदै युवती । फोटो फाइलः हाम्रो कोशी आवाज
इलामः दुईवटा स्थानीय तहमा लकडाउन गरिएको छ । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।
सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउन गरेको हो ।
भारतीय सीमा क्षेत्र पशुपतिनगरमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएपछि सूर्योदयले नगर क्षेत्रमा लकडाउनको घोषणा गरेको हो । हालसम्म इलाममा ७६ जना कोरोना संक्रमित छन् ।