Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्याबास ! सुनसरी प्रहरी, छलिएन प्रहरीको आँखा

हाम्रो कोशी आवाज
साउन २८ २०७७, बुधबार
स्याबास ! सुनसरी प्रहरी, छलिएन प्रहरीको आँखा

धरानः धेरैले यो घटना बिर्सिसकेको पनि हुनसक्छ । लामो समय प्रहरीको आँखा छल्दै फरार रहेका एक व्यक्ति अन्ततः १३ वर्षपछि समातिएका छन् । सुनसरी दुई अभियुक्तलाई समातेर स्याबासीको काम मात्रै गरेर परिवार र आफन्तले बिर्सिएको घटनालाई पनि सम्झाइदिएको छ ।
जिल्ला अदालत सुनसरीको मिति २०७१ श्रावण २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय सुनाइएका बक्लौरी–६ का ३२ वर्षीय तुलसी चौधरी र २० वर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ वर्षीय टाइसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।
साथीको विवाहमा जन्ती गएको समयमा सामान्य विवाद हुँदा छुरा प्रहार गरेर हत्या गरी फरार ती युवालाई गत साउन साउन २६ गते पक्राउ गरेको हो । पक्राउ परेका यी दुवैजनाले २०६४ साल बैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा एकम्बा गाउँ विकास समिति ४ का सुनेरकुमार ठाकुरलाई सामान्य विवादको विषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए ।
छुरा प्रहारबाट घाइते ठाकुरको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । घटना घटाइ फरार रहेका यी दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले समातेको हो ।
शेर्पालाई रामधुनी नगरपालिका–६ बाट तथा चौधरीलाई इनरुवा नगरपालिका–४ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराइ तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend