संखुवासभाः संखुवासभाको चिचिला गाउँपालिका–२ गोगनेमा निर्माणाधीन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरी स्काभेटरलाई किच्दा चालकको मृत्यु भएको छ ।
मंगलवार दिउँसो साँढे १ बजेको समयमा अरुण थर्ड हाइड्रोपावर अन्तर्गत रानीढुङ्गा कन्ट्रक्सन सेवा प्रा.लि. द्वारा संचालित बा २ क ५४०८ नम्बरको स्काभेटरका चालक राक्सिराङ गाउँपालिका–५ मकवानपुरका ३१ वर्षीय हर्कबहादुर तामाङको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।