धरानः विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना भएका एक पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका टेक्निसियन रहेको बताइएको छ । विराटनगर ३ घर भएका ती पुरूषलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । ५७ वर्षीय मृतकमा श्वासप्रश्वास र सुगर रोगको समस्या थियो । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ वर्षीय ती पुरूषको बुधबार अपराहन ५ बजे मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिए । स्वास्थ्यमा समस्या बढेपछि सोमबार अस्पताल भर्ना भएका उनलाई अक्सिजन दिएर राखिएकोमा मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।