विराटनगरः कोरोना संक्रमणसँग लक्षण मिल्ने एक जना बिरामीको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएको छ ।
विराटनगर–१५ का ३० वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार ४ः३० बजे मृत्यु भएको हो । ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो ११ बजे अस्पतालको आइसोलनमा भर्ना भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता तथा आइसोलेशन इन्चार्ज डा. लक्ष्मीनारयण यादवले जानकारी दिए ।
उपचारका लागि बिहान १०ः३० बजेतिर कोशी अस्पतालमा भर्ना गरिएका उनलाई श्वास फेर्न गाह्रो भएर स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई अस्पताल ल्याइएको थियो । अहिलेसम्म रिपोर्ट आइसकेको छैन ।