Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सांसदमा कोरोना देखिएपछि धनकुटामा निषेधित क्षेत्र घोषणा

हाम्रो कोशी आवाज
साउन २९ २०७७, बिहिबार
सांसदमा कोरोना देखिएपछि धनकुटामा निषेधित क्षेत्र घोषणा

धनकुटाः कोरोना संक्रमणको जोखिम देखिएपछि धनकुटामा बिहीबार राति १२ बजेबाट निषेधित क्षेत्र घोषणा भएको छ ।
केहीदिनअघि धनकुटा जिल्लाबाट समानुपातिक सासद कुसुमकुमारी श्रेष्ठ जुली र उनको श्रीमान नयन श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा आएकाहरुलाई कन्ट्याक्ट ट्रेसिङ गर्न र अन्य जन समुदायहरुमा नफैलियोस् भनेर केही ठाउँमा निषेधित क्षेत्र घोषणा गरिएको धनकुटा जिल्ला प्रशासनले जनाएको छ ।
निषेधित क्षेत्र वडा नं १ देखि वडा नं २ साविक भीरगाउँ गाविस बाहेक वडा नं ३,४,५,६ र ७ वडा नं. हरु कोशी राजमार्गको त्रिशुलेदेखि पात्ले खोलासम्मका क्षेत्रहरु हिले बजार, निगाले, कागते, धनकुटाका मुख्य बजार क्षेत्रहरु हुलाक टोल, तल्लोकोप्चे, माथिल्लो कोप्चे, देब्रेवास, विज बजार, सिरान बजारहरु पर्ने छन् ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीका अनुसार अत्याश्यकीय वस्तुहरु बाहेक सबै बन्द रहने बताए । यसअघि धनकुटामा जेठ ३ गते जिल्ला अस्पतालमा एक स्वास्थ्यकर्मी महिलालाई कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल ५ दिनसम्म सिल गरिएको थियो ।

प्रकाशित मिति: साउन २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend