Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्युु

हाम्रो कोशी आवाज
साउन ३० २०७७, शुक्रबार
कोशी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्युु

विराटनगरः विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोशी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले राति अस्पतालको आइसोलेसनमा उपचाररत ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको बताए ।
निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार उपचारका लागि भर्ना भएका सिरहाको विष्णुपुर गाँउपालिका १ का पुरुषको बिहीबार मृत्यु भएको हो ।
मृतक मंगलबार राती अस्पतालको आइसालेशनमा भर्ना भएका थिए । ‘कोरोनाको लक्षण देखिएपछि हामीले अस्पतालको आइसोलेशनमा राखेर उपचार गर्दै आएका थियौं,’ डा. दासले भने, ‘रगतको मात्रा पनि कम रहेको बिरामीको उपचारको क्रममा मृत्यु भएको हो ।’
यो सँगै कोशी अस्पतालमा ६ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ । कोरोनाबाट मोरङमा बिहीबारसम्म मृत्यु हुने संख्या ८ पुगेको छ ।

प्रकाशित मिति: साउन ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend