Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महामारीमा प्रदेश १ का पत्रकारलाई बचाउन माग

हाम्रो कोशी आवाज
साउन ३१ २०७७, शनिबार
महामारीमा प्रदेश १ का पत्रकारलाई बचाउन माग

विराटनगरः कोभिड महामारीका बेला पत्रकार र सञ्चार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ ।
युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न १० जिल्लाका अध्यक्षहरुको सहभागितामा शनिबार भएको ‘भर्चुअल संवाद’ बाट साझा धारणा तय गर्दै सरकार तथा सञ्चार सम्बद्ध व्यवसायिक संघ संगठनप्रति ती माग प्रस्तुत गरिएको हो ।
युनियनले जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाइयोस् र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आइसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै, कोभिड–१९ का कारण आर्थिक संकटको सामना गरिरहेका पत्रकारहरुलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामूलक बनाउन, सरकारद्वारा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चार गृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न, कोरोना भाइरस सङ्क्रमणका कारण बन्द भएका र सञ्चालनमै समस्या भइरहेका अनलाइन, रेडियो र भिटी जस्ता सञ्चारगृहका निम्ति सरकारले ‘सफ्ट बैंक लोन’ तथा अन्य कल्याणकारी योजनाको व्यवस्थापन गर्न माग गरिएको छ ।
युनियनको मागमा साना लगानीका मिडियालाई प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितिमा अंक नपुगेपनि स्वतः नवीकरण हुने व्यवस्था गर्न, महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायको विषयमा नेपाल पत्रकार महासंघद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न, धेरै पत्रकारको गुमेको रोजगार पुनःस्थापित गर्न नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारलाई दबाब दिएर रोजगार बैंकको प्रबन्ध गर्न आवश्यक पहल गर्न भनिएको छ ।
यसैगरी वर्ष २०७७ साल अवधिको महासंघको सदस्यतामा नवीकरणमा लाग्ने सम्पूर्ण शुल्क छुट गरियोस र महासंघले आफ्ना सदस्यका लागि कोरोना बीमाको प्रबन्ध गर्न र कार्यरत पत्रकारहरुलाई राष्ट्रिय मिडियाहरुले लामो समयदेखि पारिश्रमिक नदिएकोले तत्काल पारिश्रमित उपलब्ध गराउन महासंघ अनि युनियनका केन्द्रीय समितिले पहल गनै माग गरिएको छ ।
युनियनले प्रदेश तथा जिल्लामा भएका समस्याबारे जिल्लास्तरबाटै समाधान गर्न दबाब दिन पनि आग्रह गरको छ । छलफलले कोरोना संक्रमण पुष्टि भएका पत्रकारहरुको स्वास्थ्यलाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाँप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ ।
छलफलमा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, सुनसरी सभापति पवन अधिकारी, मोरङ सभापति कुमार लुइँटेल, पाँचथर सभापति भीम बाँस्कोटा, इलाम सभापति विप्लव भट्टराई, खोटाङ सभापति उत्तम चम्लागाईं, उदपयुर सभापति पर्शुराम थापा, ताप्लेजुङ सभापति सन्तोष पुर्कटी, तेह्रथुम सभापति टीआर लिम्बू, धनकुटा सभापति हिमा चेम्जोङ र झापा सभापति इन्दू पूर्वेली सहभागी थिए । छलफलपछि संयुक्त हस्ताक्षर गरी विज्ञप्ति प्रकासित गर्दै सरकारको ध्यानाकर्षण गरिएको सुनसरीका सभापति अधिकारीले बताए ।

प्रकाशित मिति: साउन ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend