विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१४ मा रहेको पोखरीमा डुबेर १६ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर महानगरपालिका–१५ का १६ वर्षीय विशाल चौधरीको खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे सोही पोखरीमा मृत अवस्थामा फेला पारेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।