Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा थपिए अहिलेसम्मकै बढी संक्रमित

हाम्रो कोशी आवाज
भाद्र २ २०७७, मंगलबार
प्रदेश १ मा थपिए अहिलेसम्मकै बढी संक्रमित

धरानः प्रदेश १ मा मंगलबार अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । अन्य दिनको तुलनामा अझै संक्रमित बढेका हुन् । साउन अन्तिमका १०३ जनामा कोरोना पुष्टि भएको प्रदेश १ मा भदौ १ गते ८६ जनामा पुष्टि भएको थियो । साउन २९ गते १२५ जनामा कोरोना पुष्टि भएको थियो ।
मंगलबार १ सय ३९ जनामा कोरोना संक्रमित पुष्टि भएको जनाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ६ जना संक्रमित थपिएका छन् । सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष थपिएका हुन् । यस्तै, मोरङमा १०५, झापामा २०, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको जनाइएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्रै ९६ जना संक्रण पुष्टि भएको छ । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
उता संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ ।
प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् ।

प्रकाशित मिति: भाद्र २ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend