विराटनगरः बेड नपाउँदा विराटनगरमा कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ ।
उनको होम आइसोलेसनमै रहेको बेला मृत्यु भएको हो । महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उनको बिहीबार राति घरमा नै मृत्यु भएको जानकार ि। विराटनगर–६ सरौचियाका ती पुरुषमा कोरोनाको लक्षणसँगै ती पुरुषले भदौ २ गते पीसीआर परीक्षण गरेका थिए । उनको रिपोर्ट ३ गते बुधबार पोजेटिभ आएको थियो ।
वडाध्यक्ष विजय कामतले स्वास्थ्य अवस्था गम्भीर बनेपछि आइसोलेसनमा लैजाने तयारी हुँदै गरेको तर बेड खाली नभएको भन्ने जानकारी आएपछि पनि लैजाने तयारी गर्दै गर्दा उनको ज्यान गएको बताए । उनले अस्पतालले नै बेड छैन भन्दै लिन नमानेको बताए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेको चिकित्सकले बताए । मृतक पुरुषको परिवारमा श्रीमती, २ छोरी र १ छोरा रहेका छन् ।