विराटनगरः प्रदेश १ मा बितेको २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार ३८ महिला र ५१ जना पुरुषमा कोरोना पुष्टि भएको हो । सुनसरीमा २९, मोरङमा ४४, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
धरानमा १ जना, यस्तै, इनरुवा, गढी र बराहक्षेत्रमा समान १ महिलाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । यस्तै, इटहरीमा १ महिला र ४ पुरुष, दुहवीमा २ महिला र १२ पुरुष, बर्जुमा २ महिला र २ पुरुष, देवानगञ्ज र कोशी गाउँपालिकामा समान १ पुरुषमा कोरोना पुष्टि भएको छ ।
विराटनगरमा १३ महिला र १६ पुरुष, कटहरीमा ५ महिला र १ पुरुष, सुन्दरहरैचामा ३ महिला र ३ पुरुष, धनपालथानमा २ र सुनवर्षीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
झापाको मेचीनगरमा ३ महिला र १ पुरुष, बिर्तामोडमा १ महिला र १ पुरुष, दमकमा १ पुरुष, इलामको सन्दकपुरमा २ महिला र २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको रिपोर्ट पोजेटिभ रिपोर्ट आएको छ ।
६९ डिस्चार्ज
शुक्रबार कोरोनामुक्त भएर ६९ जना डिस्चार्ज भएका छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ४९, वी जनरल अस्पताल हरिनगर सुनसरीबाट १३ डिस्चार्ज भए । प्रदेशमा अहिलेसम्म १ हजार २२४ जना डिस्चार्ज भएका छन् ।