Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा संक्रमित २५ सय बढी

हाम्रो कोशी आवाज
भाद्र ६ २०७७, शनिबार
प्रदेश १ मा संक्रमित २५ सय बढी

विराटनगरः प्रदेश १ मा दिनहुँ संक्रमित थपिँदै गएका छन् । यसै क्रममा बितेको २४ घण्टामा १ सय २ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङका ४९ सहित १०२ जना कोरोना पोजेटिभ थपिएका हुन् ।
शनिबार सुनसरीबाट ३० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, धरानमा १ महिला ३ पुरुष, दुहवीमा १२ पुरुष, इटहरीमा ५ र महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र ठेगाना नखुलेकी एक महिला छिन् ।
मोरङको विराटनगरमा २० महिला र १३ पुरुष, सुनवर्षीमा २ महिला र ८ पुरुष, सुन्दरहरैंचामा १ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र ठेगाना नखुलेकी एक महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
झापाको दमकका ३ महिला र १३ पुरुष, भोजपुरको अरुण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाइका १ पुरुष तथा प्रदेश १ बाहिरका २ महिला र १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म १ हजार २४३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend