विराटनगरः प्रदेश १ मा बितेको २४ घण्टामा ७० जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ९ जनासहित मोरङमा सबैभन्दा बढी ५० जना रझापामा १० जना संक्रमित थपिए । त्यसैगरीे इटहरीमा १ महिला ८ पुरुष र धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
विराटनगरमा मात्रै ४२, बुढीगंगामा ४ महिला र १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुष, झापाको कमल गाउँपालिकामा १ महिला र २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, बिर्तामोडमा २ महिला, कन्काइमा १ महिला, गौरादहमा २ पुरुष र नाम नखुलेका १ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ । प्रदेश १ मा कोरोनमुक्त हुनेको संख्या १ हजार २६७ पुगेको छ ।