Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आखिर नगरेको बाँकी के नै छ र ?

हाम्रो कोशी आवाज
भाद्र ८ २०७७, सोमबार
आखिर नगरेको बाँकी के नै छ र ?

आखिर हामीले गर्ने भनेकै मुखैले त हो नि,
नगरेको कुरा नै पो कहाँ छ र ?
क्रान्तिको नाममा,
विस्तारवाद र राष्ट्रघातविरुद्ध, भित्ताभरी नारा लेख्यौं
आ–आफ्नो स्वार्थ पूरा गर्न सम्झौताका दस्तावेजमा
हस्ताक्षर गरयौं, अनि भन्यौं,
‘म राष्ट्रको लागि मर्न तयार छु’
मुखैले अनेकौं सपना बाँड्यो
छँदाछँदाको एकतालाई पनि भाँड्यौं
र भन्यौं,
‘राष्ट्रिय एकता जिन्दावाद ।।’
मुखैबाट विध्वंशका शब्दहरू उराल्यौं,
कति शब्दले मान्यौं
र त्यही मातको झोंकमा,
पुख्र्यौली पाटी पौवालाई भत्कायौं,
भएभरको धरोहर निमिट्यान्न पारेर
भ्रमण वर्षको योजना बनायौं
र, भन्यौं,
‘पुख्र्यौली धरोहर राष्ट्रको सम्पत्ति ।’
उँधो बगाएर उँभो खोज्नेहरूको चुंगुलमा फँसेर,
मान्छेबाट भेडै भयौं,
बुझ्दा बुझ्दै पनि शब्दजालकै वरिपरी नाच्यौं,
अचेतमै नाच्दा नाच्दै अनेकौं युग काट्यौं,
आखिर हामीले के चै गरेनौं ?
सोझो औंलाले घिउ नआउने देश,
औंला बङ्ग्याइ, नङ्ग्याइ भाँडै रित्यायौं
र भन्यौं,
‘समृद्ध राष्ट्रका सुखी जनता’,
सबैलाई खुशी पार्ने नारा बनायौं
आरि हामीले गर्ने भनेकै मुखैले त हो नि,
नगरेको कुरा के बाँकी नै छ र ?
प्रिन्सिपल, सुनाखरी एकेडेमी, धरान–१२

प्रकाशित मिति: भाद्र ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend