Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा संक्रमणको पुष्टि भएलगत्तै मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १० २०७७, बुधबार
विराटनगरमा संक्रमणको पुष्टि भएलगत्तै मृत्यु

विराटनगरः महानगरपालिकामा थप एकजनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरमा हालसम्म दुईमहिला र नौ पुरुष गरी कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो । हाल महानगर–११ स्थित माइतमा बसोबास गर्दै आएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्याका कारण भर्ना गरिएकी महिलालाई सुरुमा आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए । विराटका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाका अनुसार केही दिनदेखि ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलामा निमोनियाको पनि समस्या थपिएको पाइएको छ ।

प्रकाशित मिति: भाद्र १० २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend