धरानः बितेको २४ घण्टामा प्रदेश १ मा १०८ जना कोरोना संक्रमित थपिएका छन् ।
अघिल्लो दिन १०९ जनामा कोरोना देखिएको प्रदेश १ मा बुधबार १०८ जनामा देखिएको छ । विगत तीन चारदिनदेखिको रिपोर्ट हेरयो भनेपनि १०० बढी संक्रमित थपिएका छन् ।प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार धरानबाट एक महिला थपिएकी छिन् । सुनसरीमा २४ जनामा कोरोना देखिएसँगै २४ मध्ये एक महिलामा थपिएकी हुन् । सुनसरीको इटहरीमा ५ महिला र ९ पुरुष, इनरुवामा १ महिला र ३ पुरुष, बर्जुमा १ महिला र २ पुरुष, दुहवीमा २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अुनसार मोरङमा मात्रै ४८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा कोरोना देखिएको हो । विराटनगरमा मात्रै ४३ जनामा संक्रमण देखिएकोे छ । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको दमकमा ६ महिला र ९ पुरुष र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ । उता तेह्रथुमको म्याङलुङमा ४ महिला र ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ । डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ ।