Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गछियामा मोटरसाइकल चालकले साइकल चालकलाई ठक्कर दिँदा एकको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ११ २०७७, बिहिबार
गछियामा मोटरसाइकल चालकले साइकल चालकलाई ठक्कर दिँदा एकको मृत्यु

विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित गछियामा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको ना२९प ६९५२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–६ गछियामा बाटो क्रस गर्दै गरेको साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक सुन्दहरैंचा–६ का २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रेष्ठलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइपु¥याएपछि चिकित्सकले मध्यान्ह १२ बजे मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर मोटरसाइकल चालक बाराको सिमरा–८ का ४५ वर्षीय राजकुमार पुलामी मगर पनि गम्भीर घाइते भएका छन् ।
बिहीबार निषेधाज्ञाका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले तीव्र गतिमा रहेको मोटरसाइकलले बाटो काट्ने क्रममा रहेको साइकललाई ठक्कर दिएको बताए ।

प्रकाशित मिति: भाद्र ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend