धरानः धरानमा आज (सोमबार) साँझ ७ जना कोरोना संक्रमित थपिएका छन् ।
एन्फामा परीक्षण गरिएको धरान-८ का ३७ वर्षीया महिला कोरोना पोजेटिभ रिपोर्ट आएको हो । उनी धरान-८ स्थित रानी पम्पछेऊमा डेरा बस्ने गरेको खुलेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा परीक्षण गराएकी धरान-११ की २८ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनी धरानस्थित प्रहरी कार्यालयमा थुनुवा रहेकी छिन् ।
यस्तै, धरान-१० बस्ने २२ वर्षीय पुरुष (राँगाचोकका र हाल आशरा सुधार केन्द्रमा बसिरहेका) मा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै, धरान-१७ को ७३ वर्षीय पुरुष र बीपीका तीन जना अन्यमा पनि कोरोना पुष्टि भएको छ । लन्डीको हेल्पर ५३ वर्षीय पुरुष, इन्सीनेटरेटरका हेल्पर ४४ वर्षीय पुरुष, ३५ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।