Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैं प्रभावित अनि खल्लो

हाम्रो कोशी आवाज
कार्तिक १४ २०७७, शुक्रबार
दशैं प्रभावित अनि खल्लो

नेपाल, भारत, श्रीलंका, फिजी, मौरिसस, मलेसिया, इन्डोनेसिया लगायत विश्वका अन्य देशमा रहेका हिन्दू धर्मालम्वीहरुले दशैँ चाडलाई आफनो प्रमुख र महत्वपूर्ण चाडको रुपमा मान्ने गरेका छन् । स्मरणीय छ, दशैँलाई देश, भाषा र परम्पराअनुसार अनेक नामले पुकारिन्छ । जस्तै ‘दशैं’, ‘बडा दशैं’, ‘मोहनी’, ‘दुर्गापूजा, ‘दसेरा’, ‘दशहरा’, ‘विजयादशमी’ ‘नवदुर्गा पूजा आदि । यो चाडको असरमा कतिपयले पशु–पंक्षीको बलि दिने गरेको देखिन्छ भने कतिपयले फलफूल र कुभिण्डोको बलि चढाएको देखिन्छ ।
कतिपयलेचाहिँ दुर्गापूजा मात्रै गर्ने गर्छन् । स्मरणीय के छ भने, यसरी भारतको पश्चिम बंगाल राज्यमा दशैं अर्थात् दसेरामा दुर्गापूजा गर्दा पशु–पंक्षीको बलि भने चढाउँदैनन् । दशैँ चाड कसरी मनाउने, किन मनाउने, कसले मनाउने, कसले नमनाउने ? भनी नेपालमा बहस र छलफल भई नै रहेको छ, जसलाई एक हिसाबले रामै्र मान्नुपर्ने हुन्छ ।
तर, पनि तथ्य, प्रमाण, उदाहणहरु र परम्पराहरु हेर्दा दशैँ भनेको कम्तिमा किरातीहरुले मान्ने जातीय चाड होइन कि ? भन्ने देखिन्छ । हुन त जातीय र धार्मिक रुपमा हेर्दा अझै पनि बडा दशैं चाड कसको हो ? भन्ने विवाद, बहस र छलफल भई नै रहेको छ । तर, यो पंक्तिकार किराती महाजातिभित्रको कुलुङ जाति र लिम्बूको भाञ्जा (मेरो आमा लुम्फुङवा थरको लिम्बू हो) भएको आधरमा हेर्दा बडा दशैं किरातीहरुले मान्ने जातीय चाड होइन भन्ने नै दरिलो आधार देखिन्छ । किनभने, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरात भूमिलाई वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) गरी तीनभागमा बाँडे (फुटाए) र, त्यहाँका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ पदवी, पगरी दिइयो । साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दु धर्मअनुसारको कर्म गर्ने उर्दी पनि दिइयो । फलतः जो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरु पाउने मुख्खेलीहरु (तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो) थिए, उनीहरु आपूmले पनि हिन्दूधर्म मान्नुपर्ने र, आपूm मातहतका रैती अर्थात् ज्यमी, जमी वा जिमी (ढाक्रे) हरुलाई पनि ‘बडा दशैंं’ मा टीको–जमरो लगाइदिएर हिन्दूधर्म मान्नैपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । जस्तो यो पंक्तिकार लिम्बूको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत ‘सानो सुब्बा’ भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान ‘मौलो’मा बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि बाजे अर्थात् ‘सानो सुब्बा’ले हत्तपत्त आफ्नो दुवै हात बोकोकोे रगतमा चोपलेर आफ्नो घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउनुहुन्थ्यो । तर, अलि पर ठूलो गाउँमा ‘मौजे सुब्बा’ अर्थात् ठूलो सुब्बा थिए उनलेचाहिँ आफ्नो मौलोमा राँगो मार हान्थे भने ती ठूला सुब्बाले पनि मौलोमा मार हानेको राँगोलाई तीन फन्को घुमाइसकेपछि हत्तपत्त आफ्नो दुवै हात रगतमा चोपलेर आफ्नो घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउँथे ।
यसरी हेर्दा पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरु दिइयो । साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दूधर्म अनुसारको कर्म गर्ने उर्दी पनि दिइयो । फलतः जो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरु पाउने मुख्खेलीहरु (तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो) थिए, उनीहरु आफूले पनि हिन्दु धर्म मान्नुपर्ने र, आपूm मातहतका रैती अर्थात् ज्यमी, जमी वा जिमी (ढाक्रे) हरुलाई पनि ‘बडा दशैंं’मा टीको–जमरो लगाई दिएर हिन्दु धर्म मान्नैपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । जस्तो यो पंक्तिकार लिम्बूको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत ‘सुब्बा’ भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान ‘मौलो’मा बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि बाजे अर्थात् ‘सुब्बा’ ले हत्तपत्त आफ्नो दुवैहात बोकोकोे रगतमा चोपलेर आफ्नो घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउनुहुन्थ्यो । तर, बालापन न हो, हामीलाई भने जहिले पनि ‘कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासु भात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र, रमाइलो गर्न पाइएला’ भन्ने मात्रै थियो, त्यो बेला ।
काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को राजनैतिक परिवर्तनपछिको कुरो हो) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दशैंमा किन त्यसो गरिन्थ्यो ? भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो– ‘अन्त त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितहरुप्रति थियो । किनभने, हरेक वर्षको दसै लगत्तै जय गोरख नाथ भन्दै जोगी (फेरी नलगाउने कान फट्टा) आउँथ्यो । यदि डाक्टर जगमान गुरुङ लगायत नेपालका अन्य केही विद्घान र संस्कृतिविद भनिनेहरुले भने जस्तै दशैं किरातीहरुको जातीय वा आफ्नो मौलिक चाड हुन्थ्यो भने विसं १९२० (सन् १८६७) मा दशैं मान्न नमान्दा धनकुटाका ‘राई’ द्घय ‘रामलीहाङ’ र ‘रिदामा’ लाई राज्यले किन हत्या गरयो (मारयो) त ? स्मरणीय छ, उनीहरु आठपहरिया समुदायका प्रभावशाली र जान्ने बुझ्ने भएको नाताले ‘राई’ भएका थिए ।
हुन त कुनै पनि चाडबाड, पर्व, मेला, जात्रामात्र, महोत्सवहरु भनेको अर्थ राजनीतिसँग पनि जोडिएको हुन्छ । जस्तो कि उदाहरणका लागि सहयोगी ‘न्युज कारोबार अनलाइन न्युज पोर्टल’ ले गत कात्तिक ९ गते प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा दशैं, तिहार र छठ पर्वको अवसरमा मात्रै लगभग डेढ खर्बको आर्थिक कारोबार हुन्छ । यो वेला नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी र नेपालको निजी क्षेत्र (प्रतिष्ठान) मा कार्यरत नेपालीहरुले मात्रै लगभग ६० अर्ब रुपैँया बराबरको चाडपर्व खर्च पाउँछन् । त्यस्तै, विदेशमा काम गर्न गएका नेपालीहरुले पनि दशैं, तिहार र छठ पर्वको अवसरमा पठाउने रकम ७० अर्ब रुपैयाँ बराबर हुन्छ ।
यता नेपालमै अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार, साना किसान, पशुपालक, लघु–उद्यमी लगायतले पनि लगभग २५ अर्ब रुपैयाँ बराबर यही चाडबाडको अवसरमा खर्च गर्ने गरेका छन् । तर, यो वर्ष कोरोनाको महामारीका कारण रेमिट्यान्सबाहेक अरु क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । फलतः दशैं, तिहार र छठ पर्व पनि नराम्रोसँग प्रभावित भयो, भएको छ ।
त्यसो त देशमा आएको परिहाल तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजातिलगायत जात, वर्तनलाई महसुस गरेरै होला सबै जात, जाति, धर्म, सम्प्रदायका मान्छेहरुले मान्ने धर्म र उनीहरुका चाडबाड, संस्कार–संस्कृतिहरुलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय नभए पनि प्रदेश र स्थानीयस्तरमा मान्यता दिन थालेका छन् । उता विगतमा राज्यले हिन्दूहरुको महान चाड बडादशैंको अवसरमा दिँंदै आएको लामो विदा कटौती गरेर छोट्याएको छ । यसलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ ।
हुन त आजभोलि हरेक चाडपर्व, जात्रा आदिमा प्रदेशस्तर र स्थानीयस्तरमा सार्वजनिक विदासमेत दिन थालिएको छ । जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ । किनभने, यस्तो कार्यले स्थानीयस्तरमा बसोबास गरेका विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह, सम्प्रदाय आदिले पनि अपनत्व महसुस गर्छन् भने, आफ्नो चाड, पर्व र संस्कार, संस्कृतिप्रति गौरवको अनुभूति पनि गर्छन् ।
थप केही बुझ्नुपरेमा : ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com

प्रकाशित मिति: कार्तिक १४ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend