Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा-१२ को परीक्षाको तयारी पूरा, ‘परीक्षा स्थगित हुँदैन, हल्लाको पछि नलागौं’

हाम्रो कोशी आवाज
मंसिर ७ २०७७, आइतबार
कक्षा-१२ को परीक्षाको तयारी पूरा, ‘परीक्षा स्थगित हुँदैन, हल्लाको पछि नलागौं’

धरानः कक्षा-१२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
कक्षा–१२ को परीक्षा पर्सी मंगलबारदेखि शुरु हुँदैछ । मङ्सिर ९ गतेदेखि सुरु हुने परीक्षा १६ गते सकिनेछ । बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ भने नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ ।
परीक्षा स्थगित हुने हल्लामा नलाग्न पनि उनले आग्रह गरे । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालले बताए ।
उनका अनुसार विद्यार्थीको चाहनाअनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ । कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको थियो ।

प्रकाशित मिति: मंसिर ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend