हुन त सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड(१९) का कारण विश्वभरि नै मानिसहरुको पेशा एवम् व्यवसाय संकटमा परेको अवस्था छ । त्यस्तै, जीवन बीमा व्यवसायमा पनि धरमरकै अवस्था छ । झन् हाम्रो जस्तो अनिवार्य गरिएको यातायात क्षेत्र (कार, भ्यान, जिप, मोटरसाइकल, स्कटुर आदि) बाहेक अन्यत्र बीमा अनिवार्य नगरिएको देशमा जीवन बीमा मात्रै होइन, समग्र बीमा क्षेत्र नै संकटग्रस्त रहेको छ । तापनि घिसीपिटी ढंगले भएतापनि नेपालका जीवन तथा निर्जीवन (लाइफ तथा नन (लाइफ) बीमा कम्पनीहरु चलिरहेको अवस्था छ । अझ यस्तो महामारीको संकटको अवस्थामा पनि नेपालका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय राम्रै ढंगले चलेको देखिन्छ । जे होस्, अब लागौं बीमा कम्पनी र बीमितहरुबीच पुलको काम गर्ने अभिकर्ता अर्थात् एजेन्टहरुका दुःखका केही कुरोहरु सुन्नेतर्पm ।
नेपालको बीमा बजार क्षेत्रमा त्यसमा पनि जीवन बीमाको बजार क्षेत्रमा लागेका बीमा अभिकर्ता (एजेन्ट) हरु र जीवन बीमा कम्पनीको अनुभवमा पनि नेपाली जीवन बीमा बजारमा अभिकर्ताहरु मेरुदण्डकै रुपमा रहेका छन् । त्यसैले जीवन बीमा बजार क्षेत्रमा लागेर जीवन बीमा गर्न चाहनेहरुलाई कम्पनीसम्म ल्याउने, जीवन बीमा गराउने र, बजारीया हल्ला र अरुले भनेको सुनेकै भरमा जीवन बीमा भनेपछि नकारात्मक धारण बनाएर परपर हुने मानिसहरुलाई जीवन बीमाबारे वास्तविकता बुझाउने, उनीहरुलाई जीवन बीमा गराउन अभिप्रेरित गर्ने जीवन बीमा अभिकर्ता (एजेन्ट) हरुको योगदान र मिहिनेतलाई राज्य र जीवन बीमा कम्पनीहरुले वास्तवमै उच्च मूल्यांकन गर्नुपर्ने देखिन्छ ।
त्यस्तै बीमा ऐन २०४९ ले तोकेको कमिसन दरमा पनि समयानुकूल बढाउनुपर्ने, (एजेन्टहरुले क्लाइन्टलाई जीवन बीमा गराए वापत कम्पनीबाट पाउने कमिसन, क्लाइन्टबा होइन), एजेन्टहरुले क्लाइन्टलाई जीवन बीमा गराए बापत पाएको कमिसनबाट राज्यले काट्ने १५ प्रतिशत आयकर रकम जुन छ, त्यसमा राज्य र जीवन बीमा कम्पनीहरुले थप केही रकम थपेर बुढेसकाल लागेपछि वा निश्चित अवधिसम्म जीवन बीमा एजेन्ट भएर काम गरेका वा जीवन बीमा एजेन्टहरुले आप्mनो जीवनकालमा बीमा गराएको संख्या र प्रिमियमको आधारमा उनीहरुलाई पेन्सन वा उपदानको व्यवस्था गर्नुपर्ने लगायत काम गर्नपर्ने देखिन्छ । यसका लागि बीमा अभिकर्ताहरुको संघ वा भनौं संगठनले सरकार र जीवन बीमा कम्पनीहरुसँग माग राख्नुपर्ने देखिन्छ ।
झन् नेपाल जस्तो जीवन बीमा फिटिक्कै नबुझेका सर्वसाधारण मानिसहरु धेरै भएको र केही पढालेखा र बुद्धिजीवीहरु नै जीवन बीमा भनेपछि नकारात्मक धारणा राख्ने हाम्रो देश नेपालमा जीवन बीमा गराउन साह्रै गारो काम हो । अझ पढालेखा र बुद्धिजीवीहरु भनिएका लाल बुभ्mझक्कड बुद्धिजीवीहरु जो जीवन बीमा लगायत समग्र बीमा क्षेत्र र, देशको अर्थतन्त्र बुझेकाहरु त हुन् तर, पढालेखा र बुद्धिजीवीहरु भनिएका यी लाल बुझक्कड बुद्धिजीवीहरुलाई नै जीवन बीमा गरौं न त भन्ने बित्तिकै परपर हुने, अभिकर्ताहरुले सयौं, हजारौं पटक धाएर, दुःख गरेर बल्लबल्ल बीमितलाई बीमा गराउन सहमत गराएको मान्छेलाई पनि मौका परे भड्काइदिने, अभिकर्ताले बीमा कम्पनीबाट पाउने निश्चित प्रतिशत कमिसनमा आँखा लगाउँदै डाहा गर्ने (कुनै पनि जीवन बीमा कम्पनीमा काम गर्ने अभिकर्ताहरुको मासिक वा निश्चित तलब हुँदैन ।) अनेक प्रश्न गर्ने र कमिसन मात्रै देख्ने पढालेखा र लाल बुझक्कड बुद्धिजीवीहरु पनि हाम्रै देश नेपालमा भएकोले गर्दा माथि नै उल्लेखित अनिवार्य गरिएको यातायात क्षेत्र (कार, भ्यान, जिप, मोटरसाइकल, स्कटुर आदि) बाहेकमा बीमा गराउन अभैm पनि धेरै नै पापड बेल्नपर्ने स्थिति विद्यमान रहेको छ । यसरी हेर्दा अभैm पनि निश्चित रकममा पाइने यातायातका साधनहरु जस्तै कार, भ्यान, जीप, मोटरसाइकल, स्कटुर आदिको बीमा गर्ने तर, आफ्नो अमल्य जीवनको भने, जीवन बीमा नगर्नेहरु पनि हाम्रै देश नेपालमा प्रशस्तै भेटिन्छन् ।
हुन त धेरै जसो जीवनबीमा क्षेत्रमा लागेका (काम गर्ने) एजेन्टहरु पढालेखा र बुद्धिजीवी भनिएका लाल बुझझक्कड बुद्धिजीवीहरुभन्दा सुरुमा जीवन बीमा फिटिक्कै नबुझेका र अपेक्षितरुपमा कम पढालेखा सर्वसाधारण मानिसहरुले नै जीवन बीमा छिटो बुझ्ने गरेको अनुभव सुनाउने गर्छन् । भलै उनीहरुसँग भनेको बेला अथवा तत्कालै जीवन बीमा गर्ने पैसो (रकम) नहुनु अर्कै कुरो हो वा भनौं त्यसको छुट्टै पाटो छँदैछ ।
त्यसैले अब नेपालमा विद्यालयस्तरमा जीवन बीमा र अन्य बीमाबारे शिक्षा दिइनुपर्ने देखिन्छ । साथै सरकारले कुनै पनि घर परिवारले आफ्नो आयस्रोत र आर्थिक क्षमताअनुसार जीवन बीमा अनिवार्य गर्नुपर्ने भनी नीतिगत निर्णय नै गरेर सोहीअनुसार नियम, विनियम, नियमावली, कार्यादेश नै ल्याउनुपर्ने देखिन्छ । जबकि कमिसन भनेको विश्वभरि नै चलेको एक वैधानिक पाटो वा भनौं बाटो नै हो । फेरि अभिकर्ताहरुले कमिसन पाउने भनेको क्लाइन्टबाट होइन, कम्पनीबाट पाउने हो । फेरि यसरी क्लाइन्टलाई बीमा गराएबापत एजेन्टहरुले पाउने कमिसन भनेको कति वर्षे प्लान हो ?, कुन प्लान हो ?, कति रकमको बीमा गर्ने हो ? समयावधि हेरेर निश्चित प्रतिशतसम्म पाउने हो ।
तर, बीमा क्षेत्र मात्रै होइन, समग्र देशको अर्थतन्त्र बुझेका भनिएका लाल बुभ्mझक्कड बुद्धिजीवीहरुले… भनेको सुनेपछि अरु बेला दुईवटा मात्रै आँखा हुने देवादिदेव महादेवको पनि ‘तीन–नेत्र’ किन हुँदो हो । अनि मान्छेको मन त झन्… बल्लतल्ल सयौं, हजारौं पटक फोन गरेर र, कोठैमा, घरैमा वा पसलमै गएर फकाएको, मनाएको क्लाइन्ट त झन् के कम हँुदो हो । ऊ, झन् नराम्रोसँग भड्कीन्छ । ए… यसले मलाई … वर्षदेखि पिछा गरेको कारण त यसरी… प्रतिशत कमिसन खान पाउने रहेछ र पो… । जबकि क्लाइन्टलाई जीवन बीमा गराए पावत एजेन्टले पाउने कमिसनबारे बीमा ऐन २०४९ ले नै अभिकर्ताले आपूmले बीमा गराएवापत समयावधि हेरेर कम्पनीबाट निश्चित प्रतिशत कमिसन पाउने उल्लेख गरेको छ ।
यसरी पढालेखा र लाल बुझझक्कड बुद्धिजीवीहरु नै अभिकर्ता (एजेन्ट) ले जीवन बीमाबारे कुनै क्लाइन्टलाई बुझाउँदै गरेको भेटेमा क्लाइन्टलाई नै भड्काउने हिसाबले ‘ ए…, तिमीहरुलाई यसरी बीमा गराएवापत… प्रतिशत कमिसन आउँछ होइन’ भनी भड्काउने हिसाबले प्रश्न गर्दिने र आपूm पनि जीवन बीमा भनेपछि नकारात्मक हुने, परपर तर्किने लाल बुझझक्कड बुद्धिजीवीहरुबाट संयम हुन र तर्किन नसक्ने जीवन बीमा क्षेत्रमा लागेका एजेन्टहरुले काम गरेर खान निक्कै गाह्रो पो छ है । यसरी हेर्दा जीवन बीमा गर्न चाहने क्लाइन्टले बोलाएको समय र स्थानमा जान (धाउन) नसक्ने, बीमा गर्न चाहने क्लाइन्टले सोधेको प्रश्नको सही जवाफ दिन (गाउन) नजान्ने मान्छेहरु त साँच्चै नै सफल अभिकर्ता अर्थात् एजेन्ट बन्न सक्दै–सक्दैनन् ।
त्यसो त नेपालमा हालसम्म लगभग ५ लाखभन्दा बढी (गत वर्षसम्मको तथ्यांक हो ।) मानिसहरुले अभिकर्ताको तालिम लिइसकेका छन् । यसरी हेर्दा तालिम प्राप्त अभिकर्ताहरुको संख्या ठूलो देखिएता पनि प्रश्न छ, उनीहरुमध्ये कति प्रतिशत अभिकर्ताहरुले आफ्नै जीवन बीमा गरेका होलान् ? कति प्रतिशत अभिकर्ताहरुले आफ्नो परिवारको जीवन बीमा गरेका होलान् ? अनि कति प्रतिशतले आफन्त र नातागोताको जीवन बीमा गरेका होलान् ? कि कसो हौं, जीवन बीमा गराएर आप्mनो र परिवारको जिन्दगीको रथ गुडाउँछु भनी सपना साँच्ने अभिकर्ता कामरेडहरु ?
नोटः सरहरु, म नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको ‘जीवन बीमा एजेन्ट’ पनि हुँ साथै थप केही जान्न चाहेमाः ०१४६२०२००, ९८४९९८५९९७, ९८६२४३६०४९
Ninamkirat123@gmail.com