Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सलकपुरमा बसको ठक्करले विजेश लिम्बूको मृत्यु

हाम्रो कोशी आवाज
मंसिर १४ २०७७, आइतबार
सलकपुरमा बसको ठक्करले विजेश लिम्बूको मृत्यु

विराटनगरः सुन्दरहरैंचा–७ बस्ने ४० वर्षीय बिजेस लिम्बूको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।
आइतबार बिहान ८ बजे सुन्दरहरैंचा–८ सलकपुरस्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ख३४१० नम्बरको बसले को२१प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बू गम्भीर घाइते भएका थिए ।
घाइते लिम्बूको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।
ठक्कर दिने बस र चालक झापा कन्काई–१ का २९ वर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ । -शीर्षक सच्याइएको छ ।

प्रकाशित मिति: मंसिर १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend