Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार

हाम्रो कोशी आवाज
पुष २ २०७७, बिहिबार
कांग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार

धरानः कोरोना संक्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं संघीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
उनले आज एक विज्ञप्ति जारी गर्दै ३६ दिनको अस्पताल बसाइ र १६ दिनको घर बसाइपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि अझै लगातार बोल्न र हिँड्न कठिन रहेको जानकारी गराएका छन् ।
कोरोना संक्रमित भई स्वास्थ्यमा समस्या आएपछि उनी गत कात्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन जटिल भएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए ।
नेता विश्वकर्माले आफ्नो स्वास्थ्य उपचारमा संलग्न, सहयोग र चिन्ता व्यक्त गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, कांग्रेसका नेता कार्यकर्ता, मन्त्री, विभिन्न दलका नेतालगायत शुभेच्छुक सबैमा आभार व्यक्त गरेका छन् । साथै सरकारले थप उपचारका लागि गरेको प्रयास र योगदानले आफूलाई भावुक बनाएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: पुष २ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend