Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संसदीय दलको नेतामा प्रचण्ड, भने- नयाँ सरकार बनाउने तयारीमा छौं

हाम्रो कोशी आवाज
पुष ८ २०७७, बुधबार
संसदीय दलको नेतामा प्रचण्ड, भने- नयाँ सरकार बनाउने तयारीमा छौं

धरानः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको छ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा आज (बुधबार) बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष ‘प्रचण्ड’ लाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे ।
प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा १७४ मध्ये ९३ सांसदको सहभागिता रहेको छ ।
बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।
यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको थियो । प्रचण्ड–नेपाल पक्षले गरेका निर्णयलाई ओली पक्षले भने अस्वीकार गर्दै आएको छ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण जिम्मेवारी संसद् जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुने बताएका छन् । आफूले संसदीय दलको नेताको जिम्मेवारी पाएको र आफ्नो ध्यान संसद जीवित राख्न केन्द्रित हुने बताए। उनले आफू संसदीय दलको नेता बनेपछि आफू नयाँ सरकार बनाउन पनि तयारी गर्ने बताए । उनले संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि बताए ।

प्रकाशित मिति: पुष ८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend