Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः कसरी बन्छ यःमरी ?

हाम्रो कोशी आवाज
पुष १९ २०७७, आइतबार
अन्ततः कसरी बन्छ यःमरी ?

जाडोमा महिनामा नाम सुन्दै मुखमा पानी आउने तातो यःमरी खानुको मजै बेग्लै हुन्छ । यःमरी बनाउन पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचिन चामलले लिएको छ ।
यःमरी बनाउन चाहिने सामग्री
– ताइचिन चामलको पीठो– एक केजी,
– तातो पानी,
– शुद्ध घिउ दुई चम्चा,
– चाकु दुईवटा/खुवा १०० ग्राम ।
बनाउने विधि
– पहिले तिललाई भुट्ने । त्यसपछि चाकु वा खुवालाई थोरै पानी हालेर पकाउने ।
– ताइचिन चामलको पीठोमा शुद्ध घिउ हालेर ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछ्नुपर्छ । नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर हुन्छ । त्यसपछि एकनासको आकार हुने जति मुछिएको पीठोको एउटा डल्लो लिएर आकार दिनुपर्छ । पीठोलाई आकार दिँदा यःमरीको रूप बन्छ । पीठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पीठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ भने बिचमा खोक्रो ठाउँ बन्छ । यःमरीलाई विभिन्न आकार दिन सकिन्छ ।
– त्यो रित्तो ठाउँमा चाकु छ भने तिल पनि र खुवा छ भने खुवामात्र राख्ने ।
– त्यति गरिसकेपछि एउटा भाँडोमा पानी उमालेर त्यसमाथि बाफ छिर्ने खालको प्वाल परेको प्लेट वा मःम पकाउँदा प्रयोग गर्ने जस्तो भाँडोमा अघि बनाएर राखेको यःमरीलाई ३ देखि ५ मिनेट बफ्याए खान मिल्ने यःमरी तयार हुन्छ ।

प्रकाशित मिति: पुष १९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend