धरानः इजरायलमा रोजगारी खुला भएको छ ।
नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल एमओयूमा हस्ताक्षर भएको छ । श्रममन्त्री गौरीशंकर चौधरीको उपस्थितिमा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडरले एमओयूमा हस्ताक्षर गरेपछि यो बाटो खुलेको हो । नेपाली कामदार केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका सेवामा जान पाउनेछन् ।
सम्झौता अनुसार ५ सय नेपालीले इजरायलमा केयर गिभरको रुपमा रोजगारी प्राप्त गर्नेछन् । रोजगारीमा जाने नेपालीले इजरायली नागरिक सरह सेवा सुविधा पाउने राजदूत खनानले बताएका छन् ।