Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रचण्ड-नेपाल समूह शक्ति प्रदर्शन

हाम्रो कोशी आवाज
माघ ९ २०७७, शुक्रबार
प्रचण्ड-नेपाल समूह शक्ति प्रदर्शन

धरानः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहेको बताएका छन् ।
शुक्रबार आफ्नो समूहले राजधानीमा गरेको शक्ति प्रदर्शन सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । ‘संसद् विघटन ठीक हो’ भन्ने मानिस आफूले नदेखेको बताउँदै उनले शान्ति प्रक्रिया विघटन गर्न ओलीले चाहेको बताए ।
उनले भने, ‘केपी ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहेका छन् । खबरदार केपी’ ‘केपी ओलीले संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेका छन्,’ शुक्रबार सो पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खबरदार त्यस्ता कदमलाई यो जनसागरले त्यसलाई पराजित गर्नेछ ।’
अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य र एकता हुननसक्ने बताएका छन् ।
‘यिनीहरु फेरि मिल्ने हुन् कि भन्ने शंका कसैले नराखे हुन्छ,’ सो पार्टीले शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘अब उनीसँग कुनै सहकार्य हुनै सक्दैन, सबैजना प्रष्ट भए हुन्छ ।’ तर ओलीले माफी मागे उनलाई माफी दिने उनले दाबी गरे।
भृकुटीमण्डपमा आयोजित विरोधसभाको उपस्थितिलाई स्वयम प्रचण्ड र उनको समूहका वरिष्ठ नेता झलनाथ खनालले २०६२–६३ को दोस्रो जनआन्दोलनसँग तुलना गर्दै भव्य भएको बताए ।

प्रकाशित मिति: माघ ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend