Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रचण्ड-माधवको आमहड्ताल

हाम्रो कोशी आवाज
माघ २१ २०७७, बुधबार
प्रचण्ड-माधवको आमहड्ताल

धराचनः प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।
तर सरकारले भने आमहड्ताल घोषणा भएपनि सबै व्यवसाय, यातायात सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सुरक्षा व्यवस्था मिलाइएको हुँदा आम हड्तालको अवज्ञा गर्दै यातायात, व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्न आह्वान गरेको हो ।
मन्त्रालयले कुनै पनि व्यापार, व्यवसायमा बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताएको हो । साथै विरोधका नाममा तोडफोड, आगजनी, सार्वजनिक सवारी आगमनमा अवरोध गर्ने, जबरजस्ती गर्ने कार्यमा संलग्न हुनेहरुलाई कानुन अनुसार कारबाही गर्ने समेत मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ । ‘शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुनेउपर कानुन बमोजिम कारबाही हुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ वक्तव्यमा भनिएको छ ।
सरकारले संवैधानिक निकायहरुमा नियुक्त गरेका पदाधिकारीहरुले शपथ खाएसँगै प्रचण्ड नेपाल समूहले त्यसको विरोधमा आमहड्ताल घोषणा गरेको हो । हड्ताललाई सफल बनाउन भन्दै उक्त समूहले राजधानी र देशभरका अन्य जिल्लामा साँझ राँके जुलु निकालेको छ ।
‘दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिनेगरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति: माघ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend