Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रचण्ड-माधवले रोक्न खोजेपनि जनता उर्लिएः प्रम

हाम्रो कोशी आवाज
माघ २३ २०७७, शुक्रबार
प्रचण्ड-माधवले रोक्न खोजेपनि जनता उर्लिएः प्रम

धरानः प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको पार्टी देशकै मूल पार्टी भएको दाबी गरेका छन् ।
ओली समूहले राजधानीमा गरेको जनसभामा ओलीले अझै पनि केही मानिस कुन पार्टी आधिकारिक भन्ने भ्रममा रहेको बताए । ‘आज कुन मूल पार्टी भन्ने, कुन पार्टी सक्कली, कुन नक्कली भन्ने फैसला भयो । अब पनि भ्रममा परिरहनुपर्छ र ’ उनले भने ।
ओलीले काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो जनसभा भएकोदाबी पनि गरे । ओलीले आफ्नो पक्षमा जनताको भेल उर्लिएको बताए । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल पक्षले मांसाहारी आन्दोलनका नाममा नरभक्षी आन्दोलन गर्न खोजेको आरोप लगाएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समयअघि अब शाकाहारी आन्दोलनले नहुने भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति: माघ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend